गाेरखा । सिरानचाेक गाउँपालिकाकाे चिलाउने खस खाेला क्षेत्रमा आज बिहान भएकाे टिप्पर दुर्घटनामा परी चालक सहित ३ जना घाईते भएका छन् । घाईते हुने हरुमा चालक चितवन जिल्ला,माडी नगरपालिका-४ शितलपुर बस्ने बर्ष २५ को राजु सुनार, धादिङ जिल्ला, साङगुस गाउँपालिका-४ बस्ने बर्ष २४ को राज ब.तामाङ र गोरखा जिल्ला,अजिरकोट गाउपालिका-२ अपुन बस्ने बर्ष ४० को तिर्थ बहादुर गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
चालक सहित घाईते भएका तिनै जनाकाे भच्चेक आधारभुत अस्पतालमा उपचार भइरहेकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।