Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

images

इच्छाकामना न्युज

२२, कार्तिक २०८३
काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
images

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

यस अवसरमा कागेश्वरीमा गई पूजा आजा एवं दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो हुने गर्छ । कागेश्वरी मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको हो । कागेश्वरी मन्दिर माथिको सहिद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाइएको छ ।
 
यो विश्वकै ठूला कागको मूर्ति भएको जनाइएको छ । काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि काग तिहारका अवसरमा पूजा, आराधना गर्ने भक्तजनको लाम लागेको छ । यी मन्दिरका साथै आज घरघरमा पनि कागलाई मीठा मीठा खानेकुरा खान दिई सम्मान गरिन्छ ।
 
 

images
प्रकाशित मिति :कार्तिक २२, २०८३ शनिवार - १२:४८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology