Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन नगर्ने आयल निगमको भनाइ 

पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन नगर्ने आयल निगमको भनाइ 

इच्छाकामना न्युज

१७, मंसिर २०७९
पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन नगर्ने आयल निगमको भनाइ 
images

काठमाण्डौ । नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थतको मूल्यमा कुनै परिवर्तन नगर्ने जनाएको छ । आयोगले गयराति प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि अझै चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको हो ।

images
images

विज्ञप्तिमा आगामी १५ दिनमा निगमलाई करिब ५८ करोड रुपैयाँ नाफा हुने उल्लेख छ । तर, भारतीय आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकाले मूल्य यथावत राखिएको उल्लेख गरिएको छ ।

निगमका अनुसार हिजो प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसमा प्रति सिलिन्डर ४३ दशमलव ९३ रुपैयाँले बढेर आएको छ । डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य भने घटेको छ । निगमले अझै नेपाल सरकारलाई २७ अर्ब तिर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ । 

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:४३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology