Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

अल स्टार क्लब प्रथम भैरव कपको फाइनलमा प्रवेश

अल स्टार क्लब प्रथम भैरव कपको फाइनलमा प्रवेश

images

इच्छाकामना न्युज

२९, मंसिर २०७९
अल स्टार क्लब प्रथम भैरव कपको फाइनलमा प्रवेश
images


बर्दघाट। आँबुखैरेनीको अल स्टार क्लब बर्दघाटमा जारी प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा अल स्टार क्लब आँबुखैरेनीले बिपि स्मृति क्लब नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

बर्दघाट–१४, गोपीगंज स्थित खेलमैदानमा भएको खेलमा अल स्टारका लागि खेलको अन्तिम समयमा जर्सी नं। ८ का सन्त बहादुर गुरुङ (कान्छा) ले १ गोल गरेका थिए । उपाधीको लागि यहि पौष २ गते दिउँसो ३ बजे अल स्टार क्लब आँबुखैरेनी र भैरव स्पोर्ट्स क्लब नवलपरासीबिच भिडन्त हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही १५–१५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - २२:२३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology