Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पोखरा विमान दुर्घटना

छोरीको शव बुझ्न पोखरा पुगे ओसिनका बुबाआमा, माडी घरमा सन्नाटा

छोरीको शव बुझ्न पोखरा पुगे ओसिनका बुबाआमा, माडी घरमा सन्नाटा

images
छोरीको शव बुझ्न पोखरा पुगे ओसिनका बुबाआमा, माडी घरमा सन्नाटा
images

चितवन । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा माडीकी विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको पनि मृत्यु भएको छ । यति एयरमा काम गर्न थालेको भर्खर ५ महिना हुँदै गर्दा ओसिनको अकल्पनिय मृत्यु हुन पुग्यो ।

जेठी छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उनको परिवार विक्षिप्त बनेको छ । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित ओसिनको घरमा सन्नाटा छाएको छ ।

छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन् । ओसिनको एक भाई र एक बहिनी रहेको माडी–८ का वडा अध्यक्ष बिरेन्द्र बहादुर भण्डारीले जानकारी दिए ।

छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौँमा बस्दै आएको भण्डारीले बताए । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।

ओसिनको परिवारको माडीमा घर र करिब डेढ बिघा जग्गा छ । उनका बुबा मोहन आले मगर साइला भाई हुन् । भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त मोहनका चार जना दाजुभाई छन् । ओसिनका ठूला बुबाहरु पनि शव बुझ्न माडीबाट पोखरा जाँदै छन् ।

images
प्रकाशित मिति :माघ २, २०७९ सोमवार - १०:३०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology