Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

१७ औँ कौदी कपको उपाधि आयोजकको पोल्टामा

१७ औँ कौदी कपको उपाधि आयोजकको पोल्टामा

१७ औँ कौदी कपको उपाधि आयोजकको पोल्टामा

गोरखा – १७ औँ कौदी कपको उपाधि आयोजक कौदी युवा क्लबले आफ्नो पोल्टामा पारेको छ। आज भएको फाइनल खेलमा पुन्यगाउँ युवा क्लबलाई १–० ले पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । प्रतियोगिता माघ २ गत्तेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा कुल १९ टिमले सहभागिता रहेको थियो। 

images

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले रु १ लाख २५ हजार १ रुपैया र उपविजेताले रु ६० हजार १ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । समापन समारोहको प्रमुख आतिथि गण्डकी गाउँपालिकाको अध्यक्ष दिपक तिमिल्सिना (साकार) रहेको थियो । 

कार्यक्रमको समापना विविध सास्कृतिक कार्यक्रम सहित भव्यरुपमा सम्पन्न गरिएको थियो । कार्यक्रमलाई आर्कषक बनाउन गोरु जुधाई, हाडी फुटाई लगाएत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु समेत राखिएको थियो । कार्यक्रममा दर्शकहरुको उल्लेखे मात्रामा सहभागिता रहेको थियो । तस्बिर – दिनेश श्रेष्ठ 

images
प्रकाशित मिति :माघ ७, २०७९ शनिवार - २१:३४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology