Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

को नेपाली ? को नेपाली नागरिक ? 

को नेपाली ? को नेपाली नागरिक ? 

इच्छाकामना न्युज

१४, माघ २०७९
को नेपाली ? को नेपाली नागरिक ? 
images

हिजो (शुक्रबार) सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । यो प्रकृयासँगै नेपाली राजनीति तरङ्गित बनेको छ । त्यसका साथै राज्य संयन्त्रमाथि समेत प्रश्न चिन्ह् खडा भएको छ ।

images
images

देशको नागरिक नभएको मान्छेलाई दल खोल्नसम्मको अधिकार दिने, चुनावमा उमेद्धार बनाउन योग्य ठान्ने निर्वाचन आयोग माथिनै प्रश्न उठेको छ । अर्काे तर्फ राज्य संयन्त्रको काजोरिको पक्षलाई इनकार गर्दै देशको नेतृत्व गर्छु, दलहरु सुध्रिएन, राजनीति सुधारछु भनेर राजनीतिमा होमिएकाले नेपाली नागरिकता लिन किन कन्जुस्याँई गरे ? प्रश्न सम्बन्धितहरु तर्फ पनि उत्तिकै तेर्सिन्छन् । तर मुख्य कमजोरी राज्य संयन्त्रकै देखिन आउँछ । रवि लामिछानेको नागरिकताको विषयमा पटक–पटक कुरा उठ्यो, तर सत्ताका मण्डलेहरुले (जो आफूलाई ठूलो पार्टी भन्न रुचाउछन्) रविलाई राज्यको यति ठूलो ओहोदा दिन किन हतार गर्यो ? प्रश्नहरुको चाङ्नै चाङ रहेको छ । 

अर्काे तर्फ यतिबले को नेपाली र को नेपाली नागरिक भन्ने विषयमा पनि बहस सुरु भएको छ । नागरिक कुनै पनि राष्ट्र वा नगरको आधिकारिक नागरिकता प्राप्त गरेको ब्यक्ति हो । राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो । यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ । नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो । निश्चित भुगोलभित्र बसोबास गर्ने र राज्यको निश्चित कानुनी प्रकृयाहरु पुरा गरिसकेपछि प्राप्त गर्ने परिचयपत्र नै नागरिकता हो । नेपाली चाहि एउटा भाषिक समूह अर्थात् भावना वा पन हो । यसको कुनै सिमाना र क्षेत्रफल हुदैन । उदाहरणको लागि छिमेकी मुलुक भारतको दार्जिलिङ र सिक्किम बस्ने नेपाली भाषीहरु, भाषा र मुलका हिसाबले नेपाली हुन् तर उनीहरु नेपाली भाषी, नेपाली मुलका भारतिय नागरिकहरु हुन् । यसको मतलब विश्वभर छरिएर रहेका सबै नेपाली भाषी र समुदाय नेपाली नागरिक होइनन् । त्यसैले हामी नागरिकहरुले नागरिकता, नागरिक र भाषीक समुदायको बारेमा बुझन् चाहि जरुरी छ ।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - १०:३८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology