Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मानवअधिकार आयोगको टोलीले पनि भेट्न पाएन पक्राउ परेका जबरालाई

मानवअधिकार आयोगको टोलीले पनि भेट्न पाएन पक्राउ परेका जबरालाई

इच्छाकामना न्युज

११, आश्विन २०८३
मानवअधिकार आयोगको टोलीले पनि भेट्न पाएन पक्राउ परेका जबरालाई
images

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोली भेट नगरी फर्किएको छ।

images
images

आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा पुगेको टोलीले प्रहरी कार्यालयको गेटमा करिब ४५ मिनेट प्रतीक्षा गरे पनि जबरालाई भेट्न नपाएको जनाइएको छ।

जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै राति १२ बजे उनको निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।

आयोगको टोलीले जबराको अवस्था बुझ्न भेट गर्न खोजे पनि अनुमति नपाएपछि फिर्ता भएको हो।

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १४:००:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology