Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा 

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा 

एजेन्सी

२९, पौष २०७७
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा 
images

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा बर्नलेमाथि १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
पाहुना टोली युनाइटेडलाई बर्नलेले पहिलो हाफमा भने बराबरीमा रोकेको थियो ।तर, ७१ औं मिनेटमा पौल पौग्बाले गोल गरेपछि युनाइटेड स्पष्ट तीन अङ्क लिन सफल भयो । नतिजासँगै शीर्ष स्थानमा रहेको युनाइटेडको ३६ अङ्क छ भने लिभरपुलको ३३ अङ्क रहेको छ । दुवै टिमले १७–१७ म्याच खेलेका छन् । 
यस्तै राति नै भएको अर्को खेलमा जित हात पार्दै एभर्टन तालिकाको चौथो स्थानमा पुगेको छ । एभर्टनले २–१ गोल अन्तरले लेस्टर सिटीलाई पराजित गर्दै तीन अङ्क जोडेको थियो । यसैगरी रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेडले जारी सिजनमा पहिलो जित हात पारेको छ । सेफिल्डले न्यू क्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक तीन अङ्क लिन सफल भयो । तालिकाको पुछारमा रहेको सेफिल्डको ५ अङ्क भएको छ । अरु दुई अङ्क भने बराबरीबाट लिएको थियो । 

images
images

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १०:०९:१८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology