Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पराशर कलेज दमौलीको नवौ वार्षिक साधरण सभा सुरु, जिल्लामै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता

पराशर कलेज दमौलीको नवौ वार्षिक साधरण सभा सुरु, जिल्लामै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
पराशर कलेज दमौलीको नवौ वार्षिक साधरण सभा सुरु, जिल्लामै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता
images

तनहुँ, । व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ ।

सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुुभयो ।  सो अवसरमा समन्वय प्रमुख वाग्लले पराशर कलेजले उत्कृष्ट नतिजा ल्याएर तनहुँ र यस आसपाससँग जोडिएका जिल्लाका विद्यार्थीको रोजाईको केन्द्र बनेको बताउनुभयो । साथै वाग्ले तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशीको मद्धतले गर्दा कलेज स्थापना गर्न सकिएको भन्दै उहाँको योगदान भुल्न नहुने बताउनुभयो ।

20230225_130143.jpg

कार्यक्रममा पूर्व डिन तथा प्रा.डा.कृष्णप्रसाद गौतमले शैक्षिक योगदान दिने प्रमुख उद्धेश्यले कलेज स्थापना गरिएको रोजगार मुलक नयाँ शैक्षिक शैक्षिक कार्यक्रमहरु विद्यालयले सञ्चालन गर्नु पर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावको चाहाना अनुसारको शिक्षा प्रदान गरिनु जरुरी रहेको प्रा.डा. गौतमले बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख अमृत भण्डारीले क्याम्पसको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । 

क्याम्पस प्रमुख भण्डारी कलेजले विज्ञान लगायतका अन्य विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल हुने मात्र नभई पराशर माध्यामिक विद्यालय समेत उत्कृष्ट नजिता ल्याएको जानकारी दिनुभयो । एइइ नतिजामा सारा अधिकारीले ३.९५ प्रतिशत अंक प्राप्त गरी तनहुँ जिल्ला प्रथम हुन हुन सफल भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख मिनबहादुर कुँवरले गर्नु भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २०:२४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology