Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

रामचन्द्र पौडेलको राष्ट्रपतिमा उम्मेदवारीसँगै तनहुँमा खुसियाली

रामचन्द्र पौडेलको राष्ट्रपतिमा उम्मेदवारीसँगै तनहुँमा खुसियाली

पत्रपत्रिका

१४, फाल्गुण २०७९
रामचन्द्र पौडेलको राष्ट्रपतिमा उम्मेदवारीसँगै तनहुँमा खुसियाली
images

अमरराज नहर्की, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दिएसँगै उहाँको गृह जिल्ला तनहुँमा खुसियाली छाएको छ।

images
images

उहाँ कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायत विभिन्न पार्टीको सहमतिमा राष्ट्रपतिको उम्मेदवार बन्नुभएको हो। 

नेता पौडेलको जन्मभूमि तनहुँका नेता तथा कार्यकर्ता एक अर्कामा भेटघाट, टेलिफोन संवाद, विजयीको अग्रिम शुभकामना दिन व्यस्त देखिन्छन्। सामाजिक सञ्जालबाट नेता पौडेलका लागि भोट माग्नेदेखि शुभकामना व्यक्त गर्नेको चहलपहल बढेको छ।  

कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले वरिष्ठ नेता पौडेलको उम्मेदवारीसँगै तनहुँ गौरवान्वित भएको बताउनुभयो। राजनीतिको अविरल यात्री तथा निष्ठावान् नेता, राष्ट्र र राष्ट्रियताप्रति अडिग व्यक्तिलाई राष्ट्रपतिमा विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। 

“हामी जिल्लावासी निकै खुसी भएका छौँ,” हड्खलेले भन्नुभयो, “संविधानको रक्षा गर्न वा आवश्यक परेको समयमा आन्दोलनको नेतृत्व वरिष्ठ नेताले नै लिएकाले उहाँ एक खारिएको कर्मठ राष्ट्रवादी नेता हुनुहुन्छ। त्यसैले उहाँको विजय सुनिश्चित छ।” 

युवा नेता शङ्कर पौडेलले खुसी व्यक्त गर्दै आठ दलको साझा उम्मेदवारका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारिएकोले अब राष्ट्रिय सहमति कायम गरी पौडेललाई नै राष्ट्रपति घोषणा गर्दा राम्रो सन्देश जाने बताउनुभयो। 

सम्पूर्ण दलहरूले समर्थन गर्नेछन् भन्ने विश्वास लागेको छ वरिष्ठ नेता पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर भोट मागिए पनि उहाँ बन्न नसक्दा जिल्लावासी निराश बनेकोमा अब राष्ट्रपति बन्ने अवसर आइरहेकाले खुसियाली छाएको छ उहाँले थप्नुभयो। 

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले वरिष्ठ नेता पौडेलले उम्मेदवार बनाएपछि प्रतिक्रिया दिँदै संविधानको रक्षा गर्ने चुनौती पाएको बताउनुभयो। “अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपूर्व अधिकार दिएको छ। तनहुँ क्षेत्र नं. १ बाट वरिष्ठ नेता पौडेलले एमालेका एकबहादुर रानालाई पराजित गर्दै गत निर्वाचनमा विजयी हुनुभएको थियो।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १०:१५:५३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology