Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

युवा संघले निर्वाचनमा १ वुथ १०० युथ खटाउने

युवा संघले निर्वाचनमा १ वुथ १०० युथ खटाउने

images

इच्छाकामना न्युज

५, बैशाख २०८०
युवा संघले निर्वाचनमा १ वुथ १०० युथ खटाउने
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पुर्व अध्यक्ष महेश वस्नेतले वैशाख १० गते हुने निर्वाचनमा हरेक वुथमा १०० जनाको युवा दस्ता खटाईने वताएका छन् । यो निर्वाचमा एमालेलाई घेरावन्दी गर्नका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति लागेको हुदाँ त्यसलाई चिर्नका लागी एमालेले हरेक वुथमा १०० युवा खटाईने वताएका हुन् । 

एमालेले देशमा खेलेको भुमिकालाई लिएर विपक्षी पार्टीहरु आत्तिएको सन्र्दभमा एमाले नै जनताको पार्टी भएको समेत वस्नेतले वताए । एमालेले गएको मंसिरको चुनावमा घेरावन्दी तोडेर पनि जनताको शक्ति वनेको छ । देश र राष्ट्रियताको पक्षमा खेलेको एमालेको भुमिकाले नेपाल र नेपाली जनताको शिर उँचो वनाएको छ । जस्तो सुकै घेरावन्दी तोड्न पनि एमाले र युवा संघ तैयार छ, वस्नेतले भने । 
 
जे जति विकास र समृद्धिको कामहरु भए सवै एमालेको सरकारको पालामा भएको हुदाँ विकासका लागी एमाले नै चाहिने वताए । देशमा एकैचोटी अस्पतालको शिलन्यास भयो, पुल पुलेसो वने, वृद्धभत्ताको सुरुवात भयो, वडामा न्युनतम १५ शैयाको अस्पताल , हरेक वडा भवनको निर्माण सवै एमालेको पालमा भयो । भारतले नाकावन्दी लगाउदाँ ओली सरकारले त्यसको सामना गरयो र देशको शिर उचो वनायो । भारतीय अतिक्रमण, चुच्चे नक्सा जारी सवै एमालेको सरकारको पालामा भयो । यो सव जनताले नजिकवाट नियालेको छ, अव त्यसको अभिमत जनताले निर्वाचन मार्फत दिनेछ, वस्नेतले भने ।

माओवादीको जनयुद्ध देखि नै युवा संघले त्यसको प्रतिवाद गर्दे देश र जनताको पक्षमा काम गर्दे आयो । हरेक आक्रमणमा युवा संघ मैदानमा उत्रयो र त्यसको प्रतिरोध गरयो । जनताको र युवाको पार्टी नै एमाले भएको हुदाँ कुनै पनि अमुक शक्तिको सामु युवा संघ झुक्दैन, वस्नेतले भने । युवाको  रक्षा, युवाको विकास र समृद्धि नै युवा संघ भएको हुदाँ डटेर लाग्न समेत वस्नेतले निर्देशन दिए । युवा परिवर्तनको शक्ति हुन् । युवाको साथ र सहयोगले नै देश समृद्ध वनाउन सकिन्छ, युवाको उचित व्यवस्थापनमा युवा संघ तत्पर छ, वस्नेतले वताए । सो कुरा वस्नेतले चुनावी अभियानको सन्र्दभमा देवघाटमा आयोजित कार्यकर्ता भेलाको सन्र्दभमा वताएका हुन् । 

images
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - ०९:५०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology