Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेलायतबाट नेपाल आएका मध्ये ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि 

बेलायतबाट नेपाल आएका मध्ये ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि 

सिआईएन

५, माघ २०७७
बेलायतबाट नेपाल आएका मध्ये ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि 

काठमाण्डौ, ५ माघ । केही दिनअघि बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज एक विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ६ जनामा कोरोना देखिएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस फेला परेको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको सीआईएनसँग बताउनुभयो । हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । 
केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।

images

हङकङबाट आज नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएका मध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ । नयाँ प्रजातिको कोरोना सङ्क्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष सङ्क्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ । 

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १८:१८:४१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology