Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यस्तो बन्दैछ शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन, ७५ प्रतिशत काम सम्पन्न

यस्तो बन्दैछ शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन, ७५ प्रतिशत काम सम्पन्न

इच्छाकामना न्युज

१२, बैशाख २०८०
यस्तो बन्दैछ शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन, ७५ प्रतिशत काम सम्पन्न

शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । चारतल्ले भवनको बाहिरी काम सबै सम्पन्न भइसकेको र अव भित्री काम मात्र बाँकी रहेको गाउँपालिका पूर्वाधार विकास शाखाका प्रमुख राजन रानाभाटले बताए ।

images

‘बाहिरी स्टक्चरको काम सबै सकियो, प्लास्टरको काम भयो, अव भित्री भागमा रङ्गरोगन, झयाल, ढोका हाल्ने काम मात्र बाँकी छ’, उनले भने ।

उक्त भवन निर्माण कार्य २०७७ सा चैत्र २ गतेबाट सुरु भएको थियो । तर कोभिड र लकडाउनका कारण सुरुको ६ महिना काम गर्न नपाएको उनले बताए । रविना÷अविसा÷विकोन जेभीले सात करोड ७८ लाख लागतमा भवन निर्माण कार्यको सम्झौता भएको हो । सम्झौता गरेअनुसार २०८० असार मसान्त सम्ममा काम सक्नुपर्ने छ । तर भित्री काम गर्न धेरै समय लाग्ने भएकाले म्याद थप गर्नुपर्ने उनको भनाइ छ ।

स्थानीय तहको प्रशासकीय भवन पुर्वाधार विकास कार्यक्रम अन्तर निर्माण भएको पालिकाको प्रशासकीय भवन संघीय सरकारबाट पर्याप्त मात्रमा बजेट नआएकाले काम द्रुत गतिमा अघि बढ्न नसकेको उनले बताए । प्रशासकीय भवनका लागि संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समितिको ६० प्रतिशत र बाँकी ४० प्रतिशत लागत रकम पालिकाले बेहोर्नुपर्ने उनले बताए ।

संघीय सरकारबाट हाल सम्म दुई करोड ६० लाख ५३ हजार र पालिकाको दुई करोड ९२ लाख ७२ हजार गरी कुल पाँच करोड ५३ लाख २५ रुपैया खर्च भइसकेको छ । संघ सरकारबाट बजेट प्राप्त भएमा भवनको बाँकी काम छिट्टै सकिने उनले बताए ।

संघीय सरकारबाट छिट्टै बजेट आएमा यहि आर्थिक वर्षमा सकिने उनले जानकारी दिए । उनका अनुसार चार तल्ले भवनमा करिब ५१ कोठा हुनेछन् । भवन भित्र गाउँसभा हल, न्यायिक समितिको हल र कार्यापालिका हल गरी तीन वटा ठूला हल हुनेछन् । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - ०८:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology