काठमाण्डौं, ६ माघ । भारतमा कोरोना भाइरसविरुद्ध खोप लगाएका २ जनाको ज्यान गएको छ।
शनिबार खोप अभियान सुरु भएको कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय र उत्तर प्रदेशको मुरादाबादमा ५२ वर्षीय व्यक्तिको ज्यान गएको हो।
कोरोना बिरुद्व खोप लगाएका २ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनामा असर देखिएको छ । असर देखिएका मध्ये ७ जनालाई भने अस्पताल भर्ना गरिएको छ ।
कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत सोमबारसम्ममा भारतमा ३ लाख ८१ हजार भन्दा बढी मानिसले खोप लगाएका छन् । विश्वकै ठुलो मानिएको खोप अभियान अन्तर्गत भारतले आफ्नै देशमा उत्पादन गरिएका कोभ्याक्सिन र कोभिसिल्ड खोप दिएको हो ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँग मिलेर बनाएको कोभ्याक्सिन खोप भारतमा प्रयोग गरिएको हो ।