Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी सर्वसम्मत चयन

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी सर्वसम्मत चयन

images

इच्छाकामना न्युज

२१, बैशाख २०८०
ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी सर्वसम्मत चयन
images

तनहुँ । नेपाल ट्रेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । 

अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्नु भएको थियो । अध्यक्षमा  केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, सहसचिवमा हरिश्चन्द्र कोइराला, कोषाध्यक्ष कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला लजारी चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा रिआइत मिया,नारायण बानियाँ,सुदिप कँडेल,रामबहादुर गदाल, रश्मी सेढाई घिमिरे र सञ्जु पौडेल लम्साल चयन हुनुभएको निर्वाचन संयोजक हरिराज काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार प्रदेश अधिवेशन प्रतिनिधीमा गोपीकृष्ण तिवारी, दधिराज शर्मा सिग्देल ,अशोक गिरी, कृष्ण प्रसाद खनाल, मिनबहादुर कार्की, शंकरराज नहर्की, बलराम वाग्ले, महेन्द्रप्रसाद अधिकारी, शारदा थापा अधिकारी, कल्पना परियार र शान्ता बाँस्तोलालाई चयन गरिएको छ । त्यसैगरी राष्टिय महाधिवेशन प्रतिनिधीमा ओजराज बगाले, लोकराज सेढाई र सुलोचना पण्डित चयन भएको छ ।

नव गठित कार्य समितिलाई बुधबार  एक कार्यक्रमकाबीच पदस्थापन गरिएको छ । कार्यबाहक अध्यक्ष लोकराज सेढाईले माइन्यूट हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल रहनु भएको थियो । सो अवसरमा पोख्रेलले मजदुरको सम्मान हुन सके मात्रै देशमा विकास हुने बताउनुभयो । साथै उहाँले युनियनले किसानहरुलाई समेत समेटेर ठुलो संगठन बनाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, युनियनका केन्द्रीय सदस्य तथा व्यास नगरपालिका वडा नम्बर १ वडाध्यक्ष रमेशचन्द्र हड्खले, नेपाली कांग्रेस व्यास नगर सभापति तथा युनियनका निर्वतमान अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई लगायतले युनियनले सबै मजुदुरलाई समान व्यवहार गर्नुपर्ने र उनिहरुको समस्या समाधानको लागि ध्यान केन्द्रीत गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । अधिवेशन वैशाख १८ गते विश्व मजदुर दिवसको दिन उद्घाटन गरिएको थियो । सोही दिन चार जनाले दाबी गरेपछि नेतृत्व चयन गर्नको लागि जिल्ला स्थित नेताहरुले सर्व सम्मत चयन गर्ने प्रशाय गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - ०९:१७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology