Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना महामारीका कारण नेपालमा गरिबीको दर ४ प्रतिशतले बढ्यो  

कोरोना महामारीका कारण नेपालमा गरिबीको दर ४ प्रतिशतले बढ्यो  

सिआईएन

६, माघ २०७७
कोरोना महामारीका कारण नेपालमा गरिबीको दर ४ प्रतिशतले बढ्यो  

काठमाण्डौ, ६ माघ । कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा प्रभाव पारेको र गरिबीको दर पनि ४ प्रतिशतले बढेको योजना आयोगको अध्ययनले देखाएको छ । योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । 
कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसङ्ख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको योजना आयोगका सदस्य मीनबहादुर शाहीले सीआइएनलाई जानकारी दिनुभयो । अध्ययनले आर्थिक वर्ष २०७६÷७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६÷७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि खुकुलो पारिएको थियो । त्यसका आधारमा आर्थिक वृद्धिदरमा ठूलो सङ्कुचन देखिएको हो । 
यस अघि आयोग मातहतकै केन्द्रिय तथ्याङ्क विभागले सो आवमा २.२७ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको थियो । कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने भएको छ । 

images

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०९:५७:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology