Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको ज्यान गयो, सात जना घाइते 

भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको ज्यान गयो, सात जना घाइते 

एजेन्सी

६, माघ २०७७
भारतको गुजरातमा  ट्रकले  किच्दा १५ जनाको ज्यान गयो, सात जना घाइते 

काठमाण्डौं, ६ माघ । 
भारतमा ट्रकले किच्दा १५ जनाको ज्यान गएको छ भने  सात जना घाइते भएका छन्।
 गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुड्दा १३ जनाको घटनास्थलमै र  २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।।
सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।
घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको प्रहरीले 
जनाएको छ ।

images

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १०:०२:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology