Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

फोनिज काठमाडौं शाखाद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

फोनिज काठमाडौं शाखाद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

इच्छाकामना न्युज

१४, जेठ २०८०
फोनिज काठमाडौं शाखाद्वारा निःशुल्क आँखा शिविर सम्पन्न
images

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । फोनिज काठमाडौंले अनामनगरमा अरनिको समाजको सहयोगमा शनिवार एकदिने नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

images
images

उक्त आँखा शिविरबाट करिव ८० जनाभन्दा बढिले सेवा लिएकाे आयोजकले बताएको छ । सो शिविरमा ३० जना लेखक तथा पत्रकार र ५० भन्दा बढि सार्वसाधारणले सेवा लिएको फोनिज काठमाडौंका अध्यक्ष शैलेश डंगोलले जानकारी दिए ।

आँखा परिक्षणका क्रममा चश्मा, आईड्रोप लगायत सामग्री समेत निःशुल्क वितरण गरिएकाे थियाे। पत्रकारहरु कम्युटर तथा अन्य प्रविधिसंग संलग्न हुने हुँदा आँखाको सुरक्षामा चुनौति बढ्दै गएको बेला फोनिज काठमाडौंले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत आँखा शिविर सञ्चालन गरेकाे हाे ।

शिविरको उद्घाटन सत्रमा बागमति प्रदेश सभा सदस्य एवम् पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, फोनिज केन्द्रीय कोषाध्यक्ष लाला गुरुङ, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, अरनिको समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

images
प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - ०९:३३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology