Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रपति भवनबाट विदाई हुँदै ट्रम्प

राष्ट्रपति भवनबाट विदाई हुँदै ट्रम्प

एजेन्सी

७, माघ २०७७
राष्ट्रपति भवनबाट विदाई हुँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवनबाट विदाई हुन लाग्नुभएको छ । आफ्नो विदाई सम्बोधनको क्रममा उहाँले आजदेखि नयाँ प्रशासनलाई सत्ता सुम्पिँदै म विदाई हुन थालेको उहाँले बताउनुभयो । एक भिडियो सन्देशमार्फत् उहाँले आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको उल्लेन गर्नुभएको छ । 
ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुन लाग्नुभएको छ । ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गर्नुभयो । छोटो सम्बोधनका क्रममा उहाँले आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा जानकारी गराउनुभयो । 
सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएको भन्दै उहाँले यसमा आफूलाई गौरव महसुस भएको पनि बताउनुभयो । 

images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०९:२१:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology