Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भरतपुरको हाकिमचोकमा खुल्यो ‘ब्लु ल्याण्डर विल्डर एण्ड सप्लायर्स’

भरतपुरको हाकिमचोकमा खुल्यो ‘ब्लु ल्याण्डर विल्डर एण्ड सप्लायर्स’

आशिक राना

७, माघ २०७७
भरतपुरको हाकिमचोकमा खुल्यो ‘ब्लु ल्याण्डर विल्डर एण्ड सप्लायर्स’

चितवन, ७ माघ । आवासीय तथा व्यवसायिक भवन निर्माणको सम्पूर्ण काम गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘ब्लु ल्याण्डर विल्डर एण्ड सप्लायर्स प्राली’ सञ्चालनमा आएको छ। भरतपुर–९ को हाकिमचोक स्थित कान्तिपुर बहुप्राविधिक शिक्षालय नजिक सप्लायर्स सञ्चालनमा आएको हो।
चितवनका तीन जना युवाहरुले सञ्चालन गरेको सो कम्पनीबाट भवन निर्माणको सबै काम हुने प्रबन्ध निर्देशक सुधन पौडेलले बताए। आज उद्घाटन गरिएको सो कम्पनीबाट भवन निर्माणको लागि इन्जिनियरिङ तथा कन्स्ट्रक्सनको सबै काम हुनेछ। घर धनीले घर निर्माणका लागि आफूहरुलाई आग्रह गरेको अवस्थामा भवन निर्माणका लागि आवश्यक पर्ने नक्सा निर्माण, नक्सा पास तथा निर्माण सामग्री सबै आफूहरुले व्यवस्था गर्ने पौडेलले बताए।
धर धनीलाई घरको कुन सामानमा कति खर्च हुन्छ भन्ने सबै बुझाएर भवन निर्माण सुरु गरिने भन्दै अर्का सञ्चालक ई प्रकाश देवकोटाले एक तले घर पाँच महिनाभित्र निर्माण सम्पन्न गरेर घर धनीलाई बुुझाउने बताए। भवन निर्माणको क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गरेको व्यक्तिहरु मिलेर सप्लायर्स सञ्चालन गरेको भन्दै देवकोटाले घर बनाउँदा कुनै पनि झण्झट विनै निर्माण सम्पन्न गरेर घर धनीलाई घरको चाबी बुुझाउने बताए । आफूहरुले कम्पनी सञ्चालनमा ल्याएपछि घर धनीलाई घरको नक्सा बनाउने, ठेकेदार खोज्ने, निर्माण सामग्री खोज्ने, विद्युत जडान गर्ने, पानीको धारा जडान गर्नेजस्ता समस्या नहुने देवकोटाको भनाइ छ।
उपभोक्तालाई पर्ने समस्यालाई मध्यनजर गर्दै निर्माणको सबै काम गर्ने उनले बताए । भवन निर्माण गर्दा भवनको लागत अनुमान घर धनीलाई बुझाउँदै सम्झौता गरेर वास्तुअनुसारको घर निर्माण गरिने देवकोटाको भनाइ छ। भवन निर्माणको एक वर्षसम्म भवनमा कुनै समस्या आएमा निस्शुल्क रुपमा समाधान गरिने समेत उनको भनाइ छ।
चितवनलाई कार्य क्षेत्र बनाएर निर्माणको काम सुरु गरिएको भन्दै देवकोटाले आगामी दिनमा अन्य जिल्लामा समेत काम विस्तार गरिने बताए। कम्पनी सञ्चालनका लागि सुधन पौडेल, ई प्रकाश देवकोटा र डा लक्ष्मण पौडेलको लगानी रहेको छ।

images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:०४:४८ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology