Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बर्दियाको बारबर्दिया नगरपालिकाले थारु समुदायको बरघर प्रथालाइ मान्यता दियो 

बर्दियाको बारबर्दिया नगरपालिकाले थारु समुदायको बरघर प्रथालाइ मान्यता दियो 

सिआईएन

७, माघ २०७७
बर्दियाको बारबर्दिया नगरपालिकाले थारु समुदायको बरघर प्रथालाइ मान्यता दियो 

पुष्पा चौधरी, बर्दिया, ७ माघ । पश्चिम नेपालका थारु समुदायमा प्रथाजनित सङ्गठन, बरघर प्रथा छ । गाउँ सञ्चालन गर्ने अर्थात गाउँको नेतृत्व गर्ने व्यक्तिलाइ बरघर भनिन्छ । विकास, निमार्णदेखि आफ्नो गाउँको न्याय निसाफको काम समेत गर्ने उनीहरुले सरकारसंग आधिकारिकता मागिरहेका छन् । बर्दियाको बारबर्दिया नगरपालिकाले भने बरघर प्रथालाइ मान्यता दिएको छ ।
थारु समुदायमा माघको २ गते देखी समुदायको अनुकुलता अनुसार खोज्नीबोझ्नी अथवा ग्रामसभा बस्छ । खोज्नीबोझ्नीमा बर्षभरी गरीएको कामको समिक्षा र आगामी बर्षका लागि योजना बनाइन्छ । बरघर, लिखन्डार, चौकीदार, चीरक्या, अगह्वा, गुर्वा, लोहार छानिने गरेको  बारबर्दिया ३ खुरखुरे गाउँका बरघर बृखबहादुर सुनार बताउँनुहुन्छ ।  
बरघरले आफ्नो क्षेत्र र समुदायको बिकासको लागि काम गर्छन् । तर उनीहरुलाइ सरकारले मान्यता दिएको छैन । आफुहरुको कामको कानुनी मान्यता हुनुपर्ने बरघर समुदायको मागलाइ बर्दियाको बारबर्दिया नगरपालिकाले भने सम्बोधन गरेको छ । नगरभित्र रहेका बडघर संस्था परिचालन गर्न बनेको ऐन २०७७  पारित गरेर उनीहरुलाइ कानुनी मान्यता दिएको बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारु बताउँनुहुन्छ ।  
नगरपालिकाले मान्यता दिएपछि बरघरहरु खुशी भएका छन् । कानुनी मान्यता पाएसंगै आफुहरुको काम गर्ने हौसला अझ बढेको बारबर्दिया नगरस्तरिय बरघर संजालका बरघर रामसोहन थारुले बताउनुभयो ।  बर्दियामा मात्र लगभग ३ सय बरघर छन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायमा प्रचलनमा रहेका बरघरले न्याय निरुपणको कामसमेत गर्दै आएका छन् । सरकारी मान्यता पाए काम गर्ने हौसला अझ बढ्ने उनीहरू बताउँछन् ।

images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:३२:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology