Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

एजेन्सी

८, माघ २०७७
अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

काठमाण्डौं, ८ माघ । 
अमेरिकाको ४६ औँ राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। 
सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नुभएको हो । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गर्नुभएको छ। 

images

उहाँलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी गर्नु भयो । 
कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गर्नुभएको छ । कार्यभार सम्हालेको केही घण्टाभित्रै उहाँले जारी गर्नुभएका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ  । 
अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उहाँले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
यस्तै उहाँले जारी गर्नुभएको अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने विभिन्न संचारमाध्यमले जनाएका छन् । 
यसैबीच, लामो समयदेखिको परम्परालाई तोड्दै नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभएर ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनु भएको छ । 

यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो । उहाँ आफ्नी श्रीमतीसहित हेलिकप्टरमा चढेर फ्लोरिडा जानु भएको हो।

 

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - ०८:०९:४१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology