Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखनको मास्किछापमा क्षयरोग परीक्षणका लागि खकारको नमूना संकलन

शहिद लखनको मास्किछापमा क्षयरोग परीक्षणका लागि खकारको नमूना संकलन

इच्छाकामना न्युज

१, आषाढ २०८०
शहिद लखनको मास्किछापमा क्षयरोग परीक्षणका लागि  खकारको नमूना संकलन

घैरुङ । शहिदलखन गाउँपालिका–५ मास्किछापका स्थानीयको क्षयरोग परिक्षणका लागी खकारको नमूना संकलन गरिएको छ । कुल दुई सय तीन जनाको नमूना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

images

उनका अनुसार केहीदिन अघि सो क्षेत्रस्थित सिद्धस्थानी माविको कक्षा दशमा अध्ययनरत एक बिद्यार्थीमा क्षयरोग देखिएको थियो । क्षयरोगको हिसावले सो क्षेत्र जोखिमयुक्त देखिएपछि नमूना संकलन गरिएको उनले बताए ।

‘क्षयरोग दिवस मनाउँने क्रममा यसको लक्षणहरु भन्दै गर्दा स्थानीयले हाम्रो समुदायमा यस्तो लक्षण भएका व्यक्ति देखिएका छ परिक्षण गरिदिनुप¥यो भनेपछि हामीले मंगलवार समुदायमै गएर खकारको नमूना संकलन गरेका हौ’, श्रेष्ठले भने ।

संकलन भएको नमूनाको बुंकोट स्वास्थ्य चौकीमा परिक्षण भइरहेको र एक साताभित्र रिपोर्ट आउने उनले जानकारी दिए । सो क्षेत्रका स्थानीयलाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ । क्षयरोग श्वास प्रश्वासबाट सर्ने एक प्रकारको सरुवा रोग भएको उनले बताए ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १०:३२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology