Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतमा ट्रक विष्फोट हुँदा ८ जनाको ज्यान गयो

भारतमा ट्रक विष्फोट हुँदा ८ जनाको ज्यान गयो

एजेन्सी

९, माघ २०७७
भारतमा ट्रक विष्फोट हुँदा ८ जनाको ज्यान गयो

काठमाण्डौं, ९ माघ ।
भारतको कर्नाटक राज्यमा जिलेटिनले भरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको   हो । 
विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । 
साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन् । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो । विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो ।

images

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - ०९:३८:१९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology