Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अमेरिकामा कोरोनो बिरुद्धको खोप अभियानलाई तीव्रता प्रदान गरिने 

अमेरिकामा कोरोनो बिरुद्धको खोप अभियानलाई तीव्रता प्रदान गरिने 

एजेन्सी

९, माघ २०७७
अमेरिकामा कोरोनो बिरुद्धको खोप अभियानलाई तीव्रता प्रदान गरिने 
images

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिभिन्न कार्यकारी आदेश जारी गर्नुभएको छ । उहाँले जारी गरेको पछिल्लो कार्यकारी आदेश कोरोना भाइरसको न्युनिकरणमा केन्द्रित छ । कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । 
मास्क सहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकस्मिक कानून लागु गरिने भएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लागे पनि एकतावद्ध हुन सके छिटो महामारीबाट उन्मुक्ति मिल्ने बताउनुभएको छ । अमेरिकाको ४६ औँ राष्ट्रपति नियुक्त भएको भोलि पल्ट बाइडनले यी घोषणा गरेका हुन् । ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका बेला उहाँले महामारीसँग जुध्न  राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ । 
उहाँको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ । अब अमेरिका जान चाहने यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने त्यहाँ पुगेपछि १४ दिन क्वारन्टीनमा बस्नु पर्ने अनिवार्य गरिएको छ ।

images
images

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १८:११:२१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology