Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सुरक्षा कारबाहीमा परि १६ जना तालिवान लडाकु मारिए

सुरक्षा कारबाहीमा परि १६ जना तालिवान लडाकु मारिए

एजेन्सी

९, माघ २०७७
सुरक्षा कारबाहीमा परि १६ जना तालिवान लडाकु मारिए
images

अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति जारी गरिएको यस विज्ञप्तिका अनुसार खोगीआनी जिल्लाको आक्रम खिल क्षेत्र र शिर्जाल जिल्लाको हासिम खिल क्षेत्रमा गरिएको कारबाहीको क्रममा तालिबानका पाँच कमाण्डर पनि मारिएका जनाएको छ ।

images
images

कारबाहीको क्रममा तालिबान लडाकू लुकेर बसेको आखाडा र उनीहरुको जाँच चौकीलाई पनि ध्वस्त परेको जनाइएको छ । पछिल्लो दुई दशकदेखि हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा पटक पटक शान्ति वार्ताको प्रयास थालिए पनि दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना कायम नै छ । तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएका र हाल पनि सरकारको मुख्य एजेन्डा सोही रहेको छ ।

गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन ।

पछिल्लो समय सरकारी पदाधिकारी, अधिकारवादी र पत्रकारलक्षित आक्रमण भइरहेका छन् । यहाँ हिंसामा परेर नागरिकको ज्यान जाने क्रम रोकिएको छैन् । तालिाबानले जारी राखेको यस हिंसा हत्याको कारण तालिबानविरुद्ध सुरक्षा कारबाही जारी राख्न सुरक्षा अधिकारीहरु पनि बाध्य भएका छन् ।

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १८:३८:४६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology