Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघ्यो 

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघ्यो 

एजेन्सी

१०, माघ २०७७
विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघ्यो 
images

विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १५ हजार७ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख १४ हजार ६ सय २० पुगेको छ । 
यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ४६ हजार ४ सय ६४ जनामा  कोरोना भाइरसको सङ्क्रमणपुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ८७ लाख १२ हजार ७ सय ९१ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ७ करोड ८९ लाख ५ हजार ८ सय ८३ पुगेको छ । 
हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख २ हजार २ सय ८२ रहेको छ । पछिल्लो समय देखिएको कोरोनाको नयाँ प्रकारका कारण युरोपिय मुलुकहरु बढी प्रभावित बनेका छन् । जसमा रूस, बेलायत, फ्रान्स, स्पेन, इटली, टर्की, जर्मनीलगायतका रहेका छन्। 

images
images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:३०:२१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology