Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बाघको आक्रमणबाट ठोरीमा कान्छालाल दोङको मृत्यु

बाघको आक्रमणबाट ठोरीमा कान्छालाल दोङको मृत्यु

इच्छाकामना न्युज

१४, भाद्र २०८०
बाघको आक्रमणबाट ठोरीमा कान्छालाल दोङको मृत्यु

पर्सा । बाघको आक्रमणमबाट ठोरी गाउँपालिका– ५ सुवर्णपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय कान्छालाल दोङ छन्। घर नजिकको बारीमा उनको शव बुधबार राति करिब ७ बजे फेला परेको थियो।

images

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, बुधबार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि २ वटा गोरु बाँधेका थिए।

दिउँसो करिब २ बजे गोरुको अवस्था हेर्न गएका उनी त्यसपछि फर्केर आएनन्। परिवारजनले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास गरेका थिए। एउटा गोरु भने बाँधेको किला फुत्काएर घरमा आएको थियो।

बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रममा परी घाइते अवस्थामा भेटिएको थियो। त्यहाँबाट करिब ५० मिटरको दुरीमा खाल्डोमा कान्छालालको शव भेटिएको थियो। उनको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङको निशान भेटिएको निरीक्षक राईले बताए।

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ०९:१९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology