Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जहाज दुर्घटनामा ४ जना फुटबल खेलाडीको ज्यान गयो

जहाज दुर्घटनामा ४ जना फुटबल खेलाडीको ज्यान गयो

एजेन्सी

१२, माघ २०७७
जहाज दुर्घटनामा ४ जना फुटबल खेलाडीको ज्यान गयो

काठमाण्डौं, १२ माघ ।
ब्राजिलमा जहाज दुर्घटनामा परी ४ जना फुटबल खेलाडीको मृत्यु भएको छ । निजी जहाजमा यात्रा गरिरहेका पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट उड्नेक्रममा उनीहरू चढेको जहाज रन वेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो । दुर्घटनामा पाइलटको पनि मृत्यु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण भएकाले फुटबल खेलाडी क्लबका अरू सदस्यसँग नगई निजी जहाजमा गोइआनिया जान लागेका थिए । 
त्यहाँ उनीहरूको टिमले भिला नोभासँग खेल्ने कार्यक्रम थियो । आइसोलेसनको अन्तिम दिन भएकाले उनीहरू निजी जहाज लिएर जान लागेको बताइएको छ । मृत्यु हुनेमा क्लबका अध्यक्ष लुकास मेइरा र खेलाडीहरू लुकास प्राक्सेडेस, ग्युल्हेर्मे नोय, रानुल र मार्कस मोलीनार रहेका छन् । 

images

images
प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - ०९:५१:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology