काठमाण्डौं, १३ माघ ।
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ४ लाख ३३ हजार ४ सय ८९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
वल्र्ड मिटरको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड २ लाख ६० हजार ८ सय ४२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर थप ९ हजार ३ सय ७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख ४८ हजार ४ सय ८८ पुगेको छ ।
कोरोनाका कारण हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ७ करोड २२ लाख ६७ हजार ३ स य ९५ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५८ लाख ४३ हजार ८५ रहेको छ ।