Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज एमालेले सुवास नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्दै

आज एमालेले सुवास नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्दै

images

इच्छाकामना न्युज

२, आश्विन २०८०
आज एमालेले सुवास नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्दै
images

काठमाण्डौ । नेकपा एमालेले मंगलबार (आज) संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी गर्ने भएकाे छ ।

एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा हालै दिबगंत नेताको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

गत शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेश, कोशी प्रदेशमा रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा दिबगंत उपाध्यक्ष नेम्वाङले संबिधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा परिचर्चा गर्नेछन ।

नेम्वाङको अघिल्लो मंगलबार हृदयघातका कारण निधन भएको थियो।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०९:१८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology