Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइयो

तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइयो

रासस

५, कार्तिक २०८०
तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइयो
images

दमौली (तनहुँ) । तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा खड्गजात्रा मनाइएको हो । हरेक वर्ष फूलपातीको दिन बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा यो जात्रा मनाउने प्रचलन छ । बन्दीपुरमा तीन सय वर्ष पहिलादेखि फूलपातीको अवसरमा खड्गजात्रा मनाउने प्रचलन रहेको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फूलपातीको दिन बन्दीपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराउने प्रचलन छ ।”

images
images

बन्दीपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ । खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदायको सहभागिता हुेन गरेको छ । यो मन्दिरमा फूलपातीका दिन खड्ग जात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा उल्लेख छ ।

खड्गदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदा हो । सबैको साझा सांस्कृतिक सम्पदाकाको रुपमा यो मन्दिर यहाँका जातजातिको एकताको प्रतीकका रूपमा हो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - ०७:३४:५७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology