Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इच्छाकामनाको चण्डिभञ्ज्याङ्गमा तमू प्ये ल्हु संघ चितवनको नयाँ इकाई समिति गठन, अध्यक्षमा होम गुरुङ

इच्छाकामनाको चण्डिभञ्ज्याङ्गमा तमू प्ये ल्हु संघ चितवनको नयाँ इकाई समिति गठन, अध्यक्षमा होम गुरुङ

images

इच्छाकामना न्युज

१३, कार्तिक २०८०
इच्छाकामनाको चण्डिभञ्ज्याङ्गमा तमू प्ये ल्हु संघ चितवनको नयाँ इकाई समिति गठन, अध्यक्षमा होम गुरुङ
images

चण्डिभञ्ज्याङ्ग । गुरुङ समुदायको मौलिक धर्म, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धनका स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनले इच्छाकामना गाउँपालिकाको चण्डिभञ्ज्याङ्गमा नयाँ इकाई समिति गठन गरेको छ । गाउँपालिकाको वडा नं. ६ स्थित सौरबिसौना गाउँमा आज एक कार्यक्रमको आयोजना गरि संघले इकाई समिति गठन गरेको हो ।

संघले ३० औं गाउँ इकाई समितिको रुपमा साविकको चण्डिभञ्ज्याङ्ग गाविस अन्तर्गत रहेको मस्राङ, बेसडाँडा, ढाला, थामडाँडा, सौरबिसौना र टोड्के गाउँलाई समेटेर १ सदस्य पछि थप गर्ने गरि ९ सदस्यीय तमू प्ये ल्हु संघ सुनचरी इकाई समिति गठन गरेको हो । 

नवगठित समितिको अध्यक्षमा होम बहादुर गुरुङ, उपाध्यक्षमा सन्त बहादुर गुरुङ, सचिवमा लोक बहादुर गुरुङ, सह–सचिवमा सत्यलाल गुरुङ, कोषाध्यक्षमा गोरीमाया गुरुङलाई चयन गरेको यस्तै सदस्यहरुमा कमला गुरुङ, तिल गुरुङ र भिम बहादुर गुरुङ रहेका छन् । 

इकाई समिति गठन कार्यक्रमको सभापति संघका चितवन अध्यक्ष बिक्रम गुरुङ रहेका थिए भने प्रमुख अतिथि संघका चितवन जिल्ला सल्लाहकार समितिका अध्यक्ष भिम बहादुर गुरुङ रहेको थिए ।

यस्तै कार्यक्रममा संघका महिला समिति उपाध्यक्ष पूर्णीमाया गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायत संघका विभिन्न पदाधिकारी तथा सदस्यहरुका साथै स्थानीय गुरुङ समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

396570464_662675525846130_8458740373192399921_n.jpg

कार्यक्रममा नवगठित इकाई समितिलाई संघको तर्फबाट माईनट बुक, झण्डा, ल्होकोर, विद्यान लगायतका सामाग्रीहरु हस्तान्तरण पनि गरिएको थियो । 

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १८:५६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology