Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मतदाताहरुको सम्मानमा रास्वपाले आजदेखि घरदैलो कार्यक्रम गर्दै

मतदाताहरुको सम्मानमा रास्वपाले आजदेखि घरदैलो कार्यक्रम गर्दै

images

इच्छाकामना न्युज

२, मंसिर २०८०
मतदाताहरुको सम्मानमा रास्वपाले आजदेखि घरदैलो कार्यक्रम गर्दै
images

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।

गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् । अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ । 

मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने कार्यक्रम रहेको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन् ।

घरदैलो कार्यक्रममा एक वर्षमा भए गरेका कामहरूको जानकारी मतदातालाई दिने तथा सुझाव सङ्कलनको काम पनि हुने उनको भनाइ छ ।

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - ०९:२१:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology