काठमाण्डौ, १७ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच उपाधि भिडन्त हुने भएको छ । एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ए मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो ।समूह ए मै रहेको आर्मी भने एपीएफसँग पराजित भई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मीले एपीएफसँग फाइनल भेट पक्का गरेको हो ।