Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

संसद् बोलाएर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी रहेको प्रचण्डको भनाइ  

संसद् बोलाएर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी रहेको प्रचण्डको भनाइ  

images

इच्छाकामना न्युज

१७, माघ २०७७
संसद् बोलाएर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी रहेको प्रचण्डको भनाइ  
images

काठमाण्डौ, १७ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै संसद् बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी रहेको बताउनुभएको छ । सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपाको प्रचण्ड – नेपाल पक्षद्वारा आयोजित विरोधसभामा प्रचण्डले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिसकिएको हुने बताउनुभएको हो । 
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानमा रहेको व्यवस्था र लोकतान्त्रिक मान्यता अनुसार प्रतिनिधिसभा विघटनबारे फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । सर्वोच्च अदालतमा यो मुद्दा हुँदैनथ्यो भने हामी सदन बोलाउँथ्यौं, संसद् बोलाएर केपी ओलीलाई कारबाही गर्ने अधिकार हामीसँग थियो, अध्यक्ष प्रचण्डले भन्नुभयो । प्रमुख प्रतिपक्षी काँग्रेस, जनता समाजवादी पार्टी लगायत सबैले प्रतिनिधिसभा विघटनको बिरोध गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विकल्पको रुपमा सभामुखले संसद् बोलाउने र संसदको दुई तिहाईले ओलीले गरेको राष्ट्रघातका लागि कारबाही गर्ने तागत राख्ने टिप्पणी गर्नुभयो । 

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १८:३४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology