काठमाण्डौ, १७ माघ । राष्ट्रिय महिला लिगमा विभागिए टिम एपीएफले लगातार पाँचौं जित हातपारेको छ । आज भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई तीन शुन्यले हरायो । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारीले दुई तथा प्रिति राईले एक गोल गर्नुभयो । उपाधिको प्रबल दावेदार एपीएफले खेलको १३ औं मिनेटमा अग्रता बायो ।
उसका लागि सावित्रा भण्डारीले गोल गर्न सफल हुनुभयो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा दुई गोल ग¥यो । लिगको शिर्ष स्थानमा रहेको एपीएफले पाँच खेलमा १५ अंक बनायो । वालिङको पाँच खेलमा पाँच अंक छ ।