Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रकम जुटाउन सेलिब्रेटीहरुले क्रिकेट खेल्ने

निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रकम जुटाउन सेलिब्रेटीहरुले क्रिकेट खेल्ने

इच्छाकामना न्युज

१७, माघ २०७७
निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रकम जुटाउन सेलिब्रेटीहरुले क्रिकेट खेल्ने

चितवन, १७ माघ । भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ । शनिबार राजधानीमा आयोजित प्रेसमिटमा टीम धुर्मुस र टीम सुन्तलीबीच प्रतिस्पर्धा हुने जानकारी दिइयो । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा बाँडिएर क्रिकेट खेल्नेछन् ।

images

दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने भएका छन् । माघ २४ गते निर्माणाधीन रंगशालामा प्रतियोगिता हुने भएको छ । प्रेसमिटमा बोल्दै आयोजक संस्था गृष्म ब्रोडकास्टिङ मिडियाका अध्यक्ष गृहेन्द्र घिमिरेले टुर्नामेन्टबाट संकलन हुने रकम रंगशालाको निर्माणमा प्रदान गरिने बताए ।

कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत टुर्नामेन्ट आयोजना गरिएको उनले जनाए । तेक्वान्दो खेलाडी दीपक विष्ट र अभिनेता सन्दीप क्षेत्रीले सामाजिक काममा सक्रिय हुन पाउँदा आफूहरु उत्साहित भएको बताए ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १९:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology