Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गत आवमा आँबुखैरेनीको एकता सहकारीले ग¥यो करिब आधा करोड नाफा

गत आवमा आँबुखैरेनीको एकता सहकारीले ग¥यो करिब आधा करोड नाफा

इच्छाकामना न्युज

१०, पौष २०८०
गत आवमा आँबुखैरेनीको एकता सहकारीले ग¥यो करिब आधा करोड नाफा

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा करिब आधा करोड नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिबार पाँचौ साधारण सभा सम्पन्न गरि उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

images

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले गत आर्थिक वर्ष २०७९।०८० मा ४६ लाख ५६ हजार ४ सय १९ खुद मुनाफा गरेको छ । सहकारीले कुल रु ९ करोड ९७ लाख ७ सय १६ कुल ऋण लगानी गरी उक्त मुनाफा गरेको हो ।

IMG_9513.JPG

गत आव सम्ममा सहकारीको जम्मा सेयर सदस्य ४२४ जना पुगेको छ भने शेयर पूँजी २ करोड ९७ लाख ८८ हजार ५ सय पुगेको छ । 

सहकारीका अध्यक्ष बाबुराम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई विभिन्न विद्याबाट सम्मान गरिएको थियो । 

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - ०९:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology