काठमाण्डौं, १९ माघ ।
सिरियाको उत्तरपश्चिमी क्षेत्रमा कार बम बिस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ ।
श्रृंखलावद्ध रुपमा भएको कार बम बिस्फोटमा परेर कम्तिमा २९ जना घाइते भएको अलजजिराले जनाएको छ ।
विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेको क्षेत्रमा विस्फोट भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । सिरियाको समर्थनमा रहेको सो विद्रोही समूहले सिरियाका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको बताइएको छ । अघिल्लो महिनाभर सिरियाको उत्तर पश्चिमी क्षेत्रमा कम्तिमा १ दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको बताइएको छ ।
कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज ९एसडिएफ० विरुद्ध विरोध प्रदर्शन गर्दै सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहानको घटना भएको थियो ।
सिरियाका कुर्द समुदायका लडाकूहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै सिरियामा हिंसात्मक घटनाहरु भइरहेको अलजजीराले जनाएको छ ।