काठमाण्डौ, २३ माघ । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद पाँच महिना थप भएको छ । मन्त्रिपरिषद्को बैठकले यही २६ गते समाप्त हुने दुवै आयोगका पदाधिकारीको पदावधी थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले उनीहरूको म्याद थप गर्ने निर्णय गर्दै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सिफारिस अनुसार आज राष्ट्रपति भण्डारीले म्याद थप गर्ने अध्यादेश जारी गर्नुभएको छ । गत वर्ष माघमा दुवै आयोगमा दलहरुले भागबन्डा गर्दै पदाधिकारी नियुक्त गरेका थिए । सुरुमा एक वर्षको कार्यकाल मात्र राखेर उनीहरुको नियुक्ति गरिएको थियो ।
यो अवधिमा कोभिड–१९ कारण उनीहरूको काम रोकिएको थियो । सत्य निरुपणमा गणेशराज भट्ट र बेपत्ता छानविनमा युवराज सुवेदीले नेतृत्व गरिरहनुभएको छ ।