Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रधानमन्त्रीलाई संसद विघटनाको अधिकार छैनः मन्त्री पुन

प्रधानमन्त्रीलाई संसद विघटनाको अधिकार छैनः मन्त्री पुन

इच्छाकामना न्युज

२४, माघ २०७७
प्रधानमन्त्रीलाई संसद विघटनाको अधिकार छैनः मन्त्री पुन
images

दमौली, २४ माघ । प्रचण्ड नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटि सदस्य एवं पुर्व उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको बताएका छन् ।
‘सार्वभौमसत्ता म सँग निहित छ भनेर हाम्रो प्रधानमन्त्रीले भनेका छन् । तर संविधानले सार्वभौमसत्ता जनतामा मात्रै निहित हुन्छ भन्छ,’ पुनले भने ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्बद्ध जनसंगठनका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि रहेका पुनले शनिबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै पाँच वर्ष स्थिर सरकार चलाउन नेपाली जनताले म्याण्डेट दिएको भए पनि त्यो म्याण्डेट भुल्ने र जिम्मेवारी कुल्चने प्रधानमन्त्रीले गरेको आरोप लगाए । ‘प्रधानमन्त्रीलाई मकैको गोठालो बाँदरलाइ राखेसरह भएको छ,’ उनले भने ।
अप्ठ्यारोमा पारेर काम गर्न दिइएन भनेर संसदबाट भाग्ने काम प्रधानमन्त्रीले गरेको भन्दै उनले भने,‘भाग्ने कायर मान्छे कसरी नेता हुन्छ रु’
संविधान मिचेर संवैधानिक नियुक्ति गरिएको र फरक विचार समुहलाइ धम्कीपूर्ण भाषा प्रयोग गरिँदैछ, खबरदार हामी कोहीसँग हामी पछाडि हट्नेवाला छैनौं,’ पुनले भने ।
पार्टीका जिल्ला इञ्चार्ज एवं प्रदेसका आन्तरिक मामिला मन्त्री ईन्चार्ज हरिबहादुर चुमानले देश अफ्ट्यारो परिस्थितिमा आइपुगेको भन्दै यस्तो कल्पना आँफुहरूले नगरेको बताए ।
कार्यक्रममा नेताहरू आशा कोइराला, विद्या ढकाल, पिएल श्रेष्ठ, श्रीराम कार्की लगायतले केपी ओलिको कदमको विरोध गरेका थिए । कमल गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका ईश्वर बस्याल, अनेरास्ववियुका डम्बर विक लगायतले बोलेका थिए ।

images
images

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - २०:०३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology