Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

दमौलीमा नेकपा दाहाल–नेपाल पक्षको सभा, रामकुमारी झाक्री प्रमुख आकर्षण

दमौलीमा नेकपा दाहाल–नेपाल पक्षको सभा, रामकुमारी झाक्री प्रमुख आकर्षण

इच्छाकामना न्युज

२४, माघ २०७७
दमौलीमा नेकपा दाहाल–नेपाल पक्षको सभा, रामकुमारी झाक्री प्रमुख आकर्षण
images

दमौली, २४ माघ । पछिल्लो समय चर्चा र विवादमा आएकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री शनिबार दमौलीमा प्रचण्ड नेपाल खेमानिकट भ्रातृ संगठनले आयोजना गरेको विरोध सभाकी प्रमुख आकर्षण बनिन् ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडाभ प्रतिक्रिया दिंदै आएकी झाँक्री वाकपटुतामा निपुण मानिन्छिन् । त्यसैले शनिबारको सभामा स्थायी कमिटी सदस्य वर्षमान पुन भन्दा पनि धेरै चर्चा झाँक्रीको थियो ।
उनलाई कांग्रेस निकट सुभेच्छुक संगठनको विरोध सभा सकिए पछि पुगेका नेता कार्यकर्ताले पनि सुनेका थिए । सभामा बोल्दै झाँक्रीले पहिलेझैं प्रधानमन्त्री एवं नेकपाको अर्को खेमाका अध्यक्ष ओलीप्रति कडा प्रहार गरिन् ।
‘केपी ओलीले पार्टी एकतामा ईमानदार नभै आफ्नो स्वार्थ पूरा गर्न मात्रै लाग्नुभयो,’ उनले भनिन्,‘आफ्नो बहुमत नभए पछि कमिटि र संविधान नै नमान्ने व्यक्तिलाई हामीले चुन्यौं ।’
उनले समयमै चिन्न नसक्दा पार्टी अहिलेको अवस्थामा आएको बताइन् ।
‘पार्टी र सरकार चलाउन चलाउन बिरामी हुने तर गुट चलाएर ३ घण्टा भाषण गर्दा केही नहुने,’ उनले भनिन् ।
‘अब ओली प्रवृत्तिसँग पनि लड्ने दिन आएको छ,’ उनले भनिन्,‘हामी पहिले पनि लडेका थियौं र अब पनि लड्नेछौं ।’

images
images

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - २०:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology