Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेकपाको दुबै पक्षको शक्ति प्रदर्शनले देश राजनीतिक द्वन्द्वात्मक अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त 

नेकपाको दुबै पक्षको शक्ति प्रदर्शनले देश राजनीतिक द्वन्द्वात्मक अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त 

सिआईएन

२५, माघ २०७७
नेकपाको दुबै पक्षको शक्ति प्रदर्शनले देश राजनीतिक द्वन्द्वात्मक अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त 
images

काठमाण्डौ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै पक्षले आ–आफ्नो तरिकाले आमसभा र शक्ति प्रर्दशन गर्न थालेपछि देश राजनैतिक द्वन्द्वात्मक अवस्थामा पुग्ने चिन्ता सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरे लगत्तै दुई धुब्रमा विभाजित भएको नेकपाका दुई समुह निरन्तर समानान्तर रुपमा आमसभा र प्रर्दशन गर्नमा व्यस्त देखिएका छन् । 
यस्तै दुबै समुहका नेताहरुले एक अर्कालाइ आरोप, प्रत्यारोप गर्ने क्रमपनि रोकिएको छैन । शुक्रबार ओली पक्षले शक्ति प्रर्दशन गरेकोमा २८ गते प्रचण्ड–नेपालपक्षले प्रर्दशन गर्ने तयारी गरेको छ । एकले अर्को पक्षलाई जवाफ दिने क्रम पनि चलिरहेको छ । 
सीआईएनसँग कुरा गर्दै प्रचण्ड–नेपाल पक्षका नेता युवराज ज्ञवालीले सरकारले गरेको कदम नसच्याउँदा सम्म आन्दोलनका कार्यक्रम नरोकिने बताउनुभयो । यसरी निरन्तर आन्दोलन र एक अर्काको विरोधमा उत्रिदा राजनितिक रुपमा द्वन्द्व बढ्न सक्ने चिन्ता पनि सुरु भएको विश्लेषकहरुले बताएका छन् । नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीको कदमको बिरोध गरिरहेको छ । प्रचण्ड पक्षका नेकपा नेताहरुले भने अब सबै दलसँग मिलेर सँयुक्त आन्दोलनको तयारी सुरु गरेको बताएका छन् । तर काँग्रेसका नेता डा. शेखर कोइरालाले सीआईएनसँग कुरा गर्दै संयुक्त आन्दोलनको बारेमा निर्णय भइनसकेको बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०९:०६:५९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology