जलविरे । अविरल वर्षासँगै पहिरो खसेपछि नारायणगढ–मुग्लिङ्ग सडकखण्ड एकतर्फी भएको छ । आज दिउँसो करिब सवा १ बजेतिर उक्त सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै पहिरो खस्दा सडक एकतर्फी भएको हो ।
यतिबेला सडक दुईतर्फी खुलाउनका लागि डोजरले पहिरो हटाउने कार्य भैरहेको सडक साईट सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिए ।