Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढीबीच खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढीबीच खेल हुँदै

इच्छाकामना न्युज

२६, माघ २०७७
राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डौ, २६ माघ ।  राष्ट्रिय महिला लिग फुटबलमा आज लिग लिडर एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डीबीच प्रतिस्पर्धा हुनेछ । 
दुई टोलीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । साविक विजेता समेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यत्र कायम राख्न चाहन्छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अङ्क जोडेको छ । एपीएफ आजको खेलमा उक्त नतिजा कायम राख्न चाहन्छ ।यता, चौदण्डी भने एपीएफलाई रोक्ने योजनामा रहेको छ ।
चौदण्डी एपीएफसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । जारी लिगमा अङ्क बिहीन रहने एक्लो टिम चौदण्डी हो । चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ । चौदण्डीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।

images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १०:५७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology