Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिमलताल दुर्घटना अपडेट : ६५ जनाकै विवरण खुल्यो, भेटिएका १४ मध्ये ६ शवको पहिचान

सिमलताल दुर्घटना अपडेट : ६५ जनाकै विवरण खुल्यो, भेटिएका १४ मध्ये ६ शवको पहिचान

images

इच्छाकामना न्युज

३२, आषाढ २०८१
सिमलताल दुर्घटना अपडेट : ६५ जनाकै विवरण खुल्यो, भेटिएका १४ मध्ये ६ शवको पहिचान
images

चितवन । सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण खुलेको जनाएको हो ।

प्रशासनले यात्रुहरूको विवरण पनि सार्वजनिक गरेको छ । वीरगन्जजबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।

प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । उनीहरूमध्ये ६ जनाको पहिचान भएको छ । बाँकीको पहिचान हुन सकेको छैन ।

   

 
 

images
प्रकाशित मिति :आषाढ ३२, २०८१ सोमवार - २२:३०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology