Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि भोली संवैधानिक इजलास नबस्ने 

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि भोली संवैधानिक इजलास नबस्ने 

इच्छाकामना न्युज

२६, माघ २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि भोली संवैधानिक इजलास नबस्ने 
images

काठमाण्डौ, २६ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि भोली संवैधानिक इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको निधन भएकाले भोलीको संवैधानिक इजलास नबस्ने भएको हो । 
भोली अदालतका प्रशासनिक काम कारबाही सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । 
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि केही दिनयता विपक्षीका वकिलले बहस गरिरहेका छन् । 

images
images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:४१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology