काठमाण्डौ, २६ माघ । राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत आज भएको खेलमा एपीएफक्लबले जितेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४ – ० ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गर्नुभयो । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गर्नुभयो । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक/एक गोल रह्यो ।
प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले दुबै हाफमा समान ७/७ गोल ग¥यो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।